करोडौंको हिनामिना भएपछि माङमालुङ काण्ड पीडितहरु अदालतको शरणमा जाने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर २१, आइतबार
माङमालुङ चिया बगानका सञ्चालकले करोडौंको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालतको शरणमा जाने तयारी गरीरहेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरीे गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।
माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिई र विधिसम्मत प्रक्रिया नपुर्याई केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्रि गर्नु गैर कानुनी भएको बताए । उनेले बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौं शेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् भनि भनेका छन् भने सञ्चालक केन्द्र प्रसाईको योजनामा ‘माई होम माई गार्डेन’ शिर्षकमा सायौं व्यक्तिहरुबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको शेयर धनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
सञ्चालक केन्द्र प्रसाईको योजनामा ‘माई होम माई गार्डेन’ शिर्षकमा सायौं व्यक्तिहरुबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको शेयर धनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।
संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बिबि राई)लगायत शेयर धनी नवल खड्काले बारम्बार आफूहरुले सञ्चालक समितिलाई पादरदर्शी बन्न आग्रह गर्दा पनि उनिहरुले आफ्रनो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए । ४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ भनि भनेका छन् ।
शेयर धनीहरु बसन्त कुमार राई , हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुद बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौं लगानी गरेको बताए । सञ्चालकहरुबाट भएका आर्थि अनियमितता, व्यवस्थापकीय कम्जोरी,विधि र प्रक्रिया उल्लङघन जस्ता कार्यहरुको प्रकोपबाट कम्पनी बचाउन आफूहरु लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरुदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।
Categorized in राष्ट्रिय

