STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २६, बिहिबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई नियुक्त भएका छन् ।

बिहीबार एमाले अध्यक्ष तथा संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रियसभा संसदीय दलको नेतामा नियुक्त गरेका हुन् । भट्टराई यसअघि प्रमुख सचेतक थिए ।

चार वर्षे कार्यकाल सकिएसँगै राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेलको कार्यकाल सकिएपछि भट्टराईलाई नियुक्त गरिएको हो ।

यसैगरी राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त भएका छन् । भट्टराई दलको नेता बनेपछि दाहाललाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

Categorized in राजनीति