STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनसेल वुमन आइकन आईसिटी अवार्ड गुणकेशरी प्रधान मानन्धरलाई

Janjati Khabar – Janjati Khabar | २०७८ पौष ९, शुक्रबार

काठमाडौं – यस वर्षको एनसेल वुमन आइकन आईसिटी अवार्ड गुणकेशरी प्रधान मानन्धरलाई दिइएको छ ।

गत पुस ४ गते एक कार्यक्रमबीच मानन्धरलाई सो अवार्ड दिइएको हो ।

विभिन्न स्कुल, कलेजका महिलाहरुलाई सुचना प्रविधिको तालिम दिने, कार्यशाला गोष्ठी संचालन गर्ने, बालबालिकाको लागि तालिम र प्रतियोगिता आयोजना गर्ने तथा पिछडिएका महिलालाई सुचना प्रविधिको तालिम दिई हौसला दिने काममा अग्रसर मानन्धरको यही योगदानको कदर गर्दै सो अवार्ड दिइएको हो ।

मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर पनि हुनुहुन्छ भने उहाँले ३१ वर्ष सुचना प्रविधिमा काम गरेको अनुभव सँगाल्नुभएको छ ।

नेपाल दूरसंचार लिमिटेडका पूर्व निर्देशक रहनुभएका मानन्धर आजभोलि ‘वुमन इन इन्फर्मेशन टेक्नोलोजी (डब्ल्युआईआईटी)’का संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

उहाँ प्रख्यात उद्योगपति, भाषासेवी एवं समाजसेवी लक्ष्मीदास मानन्धरकी कान्छी छोरी पनि हुनुहुन्छ ।

 

Categorized in व्यक्तित्व