STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

एक नम्बरमा रहँदै प्लेस्टोरमा डिपसिकले उछिन्यो च्याटजीपीटीलाई

Janjati Khabar – Janjati Khabar | २०८१ माघ १७, बिहिबार

काठमाडौं - चिनियाँ एआई कम्पनी डिपसिकको एपले प्ले स्टोरमा च्याटजीपीटीलाई उछिनेको छ ।

अमेरिका, बेलायतलगायत विभिन्न देशमा डिपसिक प्लेस्टोर एवं एप स्टोरको एक नम्बरमा पुगेको छ । धेरै डाउनलोड हुने र रेटिङका आधारमा डिपसिक एक नम्बर एप बनेको हो ।

नेपालमा पनि डिपसिक च्याटजीपीटीलाई उछिन्दै प्ले स्टोरको ८ नम्बरमा पुगेको छ । च्याटजीपीटी ९ नम्बरमा रहेको छ ।

आफ्नो प्रोडक्टिभिटी क्याटगोरीको भने पहिलो नम्बरमा डिपसिक पुगेको छ । च्याटजीपीटी दोस्रो नम्बरमा छ ।

Categorized in विज्ञान-प्रविधि