STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एकैदिन थपिए ११३ जना काेराेना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५५७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५७५ पुगेको छ । हाल नेपालमा ४ सय ७१ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

Categorized in स्वास्थ्य-मौसम