STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा हैजाका बिरामी बढ्दै

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार

काठमाडौं - काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । अहिलेसम्म काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

इपिडिमियोलोजी  तथा  रोग नियन्त्रण महाशाखाका  प्रमुख  डा.  चुमनलाल  दासले  पछिल्ला दिनमा  दैनिक  रूपमा  हैजाका  बिरामी  पुष्टि हुँदै  गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताए  ।

खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ ।प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ ।

Categorized in स्वास्थ्य-मौसम