STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इन्द्रजात्रामा क्वःनेयाः - तल्लो टोलको यात्रा

काठमाडौँ - इन्द्रजात्राको मुख्य दिन आज काष्ठमण्डपको दक्षिणी क्षेत्रमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा गरिएको छ । तल्लो टोलका जैसीदेवल, लगन, चिकमुङ्गल, कोहिटी, भीमसेनस्थान क्षेत्रमा रथयात्रा गरिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । यो क्षेत्रमा आज दीप्याख अर्थात् देश नाच पनि देखाइएको छ । 

इन्द्रजात्राको मुख्य दिन आज लाखे, पुलकिसी, महाकाली, रामचन्द्रलगायत नाच पनि तल्लो टोलमै केन्द्रित भएका थिए । कुमारीको रथ अगाडि पञ्च बुद्धका प्रतीकका रूपमा बज्राचार्य गुर्जुहरु पाठ गर्दै रथयात्रामा सहभागी भएको देखिन्थ्यो । तल्लो टोलको रथयात्रा सम्पन्न भएसँगै मरुटोलको छ्वासपाखाबाट इन्द्रकी आमाको प्रतीक स्वरुप यात्रा निकालिएको छ । यो यात्रासँगै यस वर्ष दिवङ्गत भएका परिवारका सदस्य सहभागी हुने परम्परा छ । रासस

ईन्द्रजात्राको दिन आइतबार बसन्तपुरमा जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका क्रममा निकालिएको लाखे ।

राष्ट्रपति विद्यादेवी भण्डारी, ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा आयोजित विशेष समारोहमा पूजा गर्दै ।

प्रधानमन्त्री शेरबहादुर देउवा ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा आयोजित विशेष समारोहमा सहभागी हुँदै ।

ईन्द्रजात्राको दिन आइतबार बसन्तपुरमा जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका क्रममा निकालिएको पुलु किसी ।