STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आगामी तीन दिन देशभर भारी वर्षा हुने

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १५, बुधबार

काठमाडौं - जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

‘यो तीन दिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोधचाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामाचाहिँ सतर्क भइदिनुहोला । किनकी विशेष बुलेटिन भनेकोचाहिँ हुन्छ भन्ने नै हो,’ जोशीले भने ।

आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने उनको भनाइ छ ।

‘तराईका लगभग सबै खोलाहरूमा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ,’ जोशीले भने, ‘भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ । खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’

उनले प्रभावित क्षेत्रहरूमा एसएमएसबाट जानकारी दिइसकेको पनि बताए । ‘मनसुन सुरु भएदेखि हामीले एनसेलबाट १३ लाख ९१ हजार र एनटीसीबाट ५ लाख ६२ हजार गरेर प्रभावित हुने क्षेत्रहरूमा २० लाख हामीले एसएमएस गरिसकेको अवस्था छ,’ जोशीले भने, ‘हिजो रातिदेखि हामीले धेरै खोलाहरुमा बाढी आउँछ भनेर गरेको । हिजो रातिदेखि १० लाख मानिसलाई एसएमएस गरेर खबर पुर्‍याइदिइसकेका छौँ ।’

Categorized in स्वास्थ्य-मौसम