STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अस्ताउँदो सूर्यलाई अर्घ दिई सकियो छठ पर्व

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ३, आइतबार

काठमाडौं- छठ पर्वका तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

छठ पर्वको मुख्य दिन कात्तिक शुल्क षष्टिमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिने चलन छ । छठ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व हो ।

तराई मधेसका जिल्लाहरूमा खोला, नदी, तलाउ, पोखरीमा विशेष सजिसजाउ गरी धूमधामका साथ पूजा आराधना भइरहेको छ । 

व्रतालु पुरुष तथा महिलाहरूले खोला किनारमा पूजा गरी अस्ताउँदै गरेको सूर्यलाई आइतबार अर्घ दिएका छन् ।

Categorized in राष्ट्रिय