STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अभिनेत्री दिपाशाद्वारा आत्महत्या

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २३, बिहिबार

काठमाडौं- अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।

पछिल्लो समयकी चर्चित कलाकार दिपाशाको घर सुर्खेत हो । परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा स्थापित हुँदै आएकी थिइन् ।दिपाशाको शव आमा आएपछि मात्रै त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने छ ।

दिपाशाकी आमा हाल वैदेशिक रोजगारीका लागि यूएईमा छिन् । दिपाशा निराशा र तनावबाट गुज्रिरहेको फेसबुक स्टाटसबाट पनि बुझ्न सकिन्छ ।  

Categorized in व्यक्तित्व