relans
ni new 83
nib 2082 5

आँखा शिविर सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०, शल्यक्रिया दुई जना र चश्मा १४८ र सिमिकोट हुम्लामा कूल चेकजाँच ८९२, शल्यक्रिया ६० र निःशुल्क चश्मा वितरण २५६ लाई गरेको जिल्ला रेडक्रस शाखा हुम्लाका मन्त्री छेपाल दोर्जे लामा र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद अधिकारीले बताउनुभयो । सुर्खेत आँखा अस्पतालका डा शक्तिप्रसाद सुवेदी मेडिकल डाइरेक्टर, प्रेम दीक्षित वरिष्ठ नेत्र अधिकृत, विजय पाठक नेत्र सहायक, सन्त शेर्पा नेत्र सहायक, स्मृति आचार्य नेत्र सहायक, आहाम तामाङ नेत्र सहायक, दीपक कोइराला नेत्र सहायक, सामाजिक विकास मन्त्रालय, सुर्खेतबाट चक्रबहादुर खड्कासमेतको टोलीले मुगुको सोरुकोट हुँदै हुम्लाको दक्षिणी भेग ताँजाकोट, श्रीनगर, सर्केगाड र सिमिकोटमा आँखा शिविर सम्पन्न गरेको थियो । यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नंं ५ र ६ का ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल, लठ्ठी, सल वितरण गरी दोसल्ला ओढाइ सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, उपाध्यक्ष बली रावत, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीसमेतले उक्त सामान वितरण गर्नुभएको थियो । ७० वर्षदेखि माथिका वृद्धवृद्धालाई सम्मान गरिएको उक्त कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Categorized in उपत्यका
ppp 2