relans
ni new 83
nib 2082 5

नेपालभाषाको साहित्यिक इतिहास र स्रष्टाको योगदानलाई अभिलेख राख्ने प्रयास

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १९, सोमबार

नेपालभाषाको साहित्यिक इतिहास, विकासक्रम तथा विभिन्न कालखण्डका स्रष्टाहरूको योगदानलाई समेटिएको ‘नेपालभाषा साहित्यया इतिहास’ नामक पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकका लेखक प्रा. प्रेमशान्ति तुलाधर हुन्।

नेपालभाषा साहित्यको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्‍याउने उद्देश्यले प्रकाशित उक्त पुस्तक एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार, लेखक, अनुसन्धानकर्ता तथा नेपालभाषा र संस्कृतिसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै सहभागी वक्ताहरूले नेपालभाषाको साहित्यिक इतिहासलाई व्यवस्थित रूपमा अभिलेख राख्ने काम महत्वपूर्ण रहेको बताए। नेपालभाषामा विभिन्न समयमा सिर्जना भएका साहित्यिक कृति, स्रष्टा तथा साहित्यिक गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन यस्ता प्रकाशनले सहयोग पुग्ने उनीहरूको भनाइ थियो।

‘नेपालभाषा साहित्यया इतिहास’ ले नेपालभाषा साहित्यको विकासक्रमसँगै यस क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टा र उनीहरूका सिर्जनालाई समेटेर साहित्यिक इतिहास बुझ्न आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

नेपालभाषा एकेदेमिद्वारा आयाेजित साे कार्यक्रममा एकेडेमीका संरक्षक साहित्यकार यज्ञरत्न धाख्वाः प्रमुख अतिथि रहनु भएको थियो भने आदिवासी जनजाति राष्ट्रिय उत्थानका सदस्य सचिव  राम दवालले संयुक्त रुपमा साे पुस्तक विमाेचन गरेका थिए  ।

कार्यक्रममा  नेपालभाषा एकेदेमिका चान्सलर मल्ल के सुन्दर, कवयित्री प्रतिसरा सायमि, पाटन संयुक्त क्याम्पस नेपालभाषा विभागका प्रमूख प्रा.डा. राजनलाल जोशी, साहित्यकार नर्मदेश्वर प्रधान लगायतले नेपालभाषा साहित्यको इतिहास, परम्परा र योगदानलाई सुरक्षित राख्दै आगामी पुस्तासम्म पुर्‍याउन अध्ययन, अनुसन्धान र प्रकाशनलाई निरन्तरता दिनुपर्ने  मन्तव्य राखेका थिए  ।

Categorized in साहित्य-कला
ppp 2