प्रसाईको कृति ' सीताराम दाइ’ लोकार्पण
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन ११, आइतबार
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शुक्रबार राजधानीमा आयाेजित एक समारोह बीच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गर्नुभयो ।
त्यस अवसरमा उहाँले ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ भन्नुभयो ।
वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा.भरतकुमार भट्टराईले ‘सीताराम दाइ’ नामक लामो निबन्ध कृतिको बृहत् समीक्षा गर्नुभयो ।
‘सीताराम दाइ’ नइ एकेडेमीको १९४ ओैँ कृति हो भने नरेन्द्रराज प्रसाईको ९५ ओैँ कृति हो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालन भएको सो समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले नव कृतिबारे मन्तव्य प्रकट गर्नुभयो
Categorized in साहित्य-कला

