STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

श्रावण ३० गते शनिबार कीर्तिपुर युवा सम्मेलन : ‘युवाको कुरा सुनौं’– युवा र सुशासन

Janjati Khabar – ललेन्द्र शाक्य | २०८३ श्रावण २७, बुधबार

कीर्तिपुर । ‘युवाको कुरा सुनौं’ नाराका साथ युवा र सुशासनमा जोड दिँदै अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आउँदो श्रावण ३० गते शनिबार कीर्तिपुरको बर्खाहिति १० वडा जेन्जी आन्दोलनताका जलेको कीर्तिपुर नगरपालिका भवनसंगैको केएनएस किचेन एण्ड ब्यांक्वेटमा कीर्तिपुर युवा सम्मेलन हुने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ तारिखलाई स्मरण गर्दै उक्त युवा लक्षित कार्यक्रम कीर्तिपुर युवा सम्मेलन अगष्ट १५ श्रावण ३० गते शनिबार केएनएस किचेन एण्ड ब्यांक्वेटमा विहान १०ः३० बजे कीर्तिपुर युवा सम्मेलन आयोजक कमिटीको आयोजनामा तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा हुनलागेको हो ।

यस कीर्तिपुर युवा सम्मेलनको जानकारी दिन आज अगष्ट १२ श्रावण २७ गते बुधबार विश्व युवा दिवसका दिन पत्रकार सम्मेलन गरी कीर्तिपुर युवा सम्मेलनबारे जानकारी दिएका हुन् ।

कीर्तिपुर युवा सम्मेलनको आयोजकको रुपमा कीर्तिपुर विकास समाजलगायत लियो क्लब अफ काठमाडौं किपू, लियो क्लब अफ काठमाडौं कीर्तिपुर, लायन्स क्लब अफ काठमाडौं किपू, लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लायन्स क्लब अफ पद्मकाष्ठपुर, कीर्तिपुर भोलिन्टियर्स सोसाइटी रहेको छ ।

पत्रकार सम्मेलनमा कीर्तिपुर नगरका युवाहरुलाई विशेष लक्षित गर्दै समग्र कीर्तिपुरका युवाहरुलाई शासकीय प्रणालीमा समाहित गर्नेदेखि कीर्तिपुर नगरीलाई युवामैत्री नगर बनाउने लक्ष्य रहेको जानकारी दिँदै कीर्तिपुर विकासमा अब युवाहरु नै परिचालित गर्ने उद्घोष गरेका छन् ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले सन् २०१८, २०२४ मा अवार्ड पाएका युवाहरुलाई अगाडि राख्दै समग्र कीर्तिपुरको विकास एवं समृद्धिका लागि सन् २०२६ को विश्व युवा दिवसको उपलक्ष्यमा कीर्तिपुर युवा सम्मेलनको आयोजना हुन लागेको जानकारी दिएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा अगष्ट १५ मा हुने कीर्तिपुर युवा सम्मेलनमा विशेष रुपमा ३५ बर्ष उमेर समूहका युवाहरुलाई लक्षित गरी उक्त सम्मेलनमा सहभागिताका लागि अनलाईन फारमको पनि व्यवस्था गरिएको र उक्त फारम निःशुल्क भरी आयोजक कमिटीलाई बुझाउन आयोजक संस्थाका पदाधिकारीहरुले विशेष अनुरोध गरेको छ ।

पत्रकार सम्मेलनमा कीर्तिपुर युवा सम्मेलनबाट अबका दिनमा समग्र कीर्तिपुर एवं कीर्तिपुरबासीका लागि कीर्तिपुरकै युवाहरुबाट कीर्तिपुर नगर सकारात्मक युगान्तकारी परिवर्तन हुने आकांक्षाका साथ स्थानीय सरकार एवं जनसमुदायसँग हात्तेमालो गर्दै अघि बढ्ने साहसिक कदम चाल्ने ढोका खुल्ला हुने जानकारी पनि दिएको छ ।

पत्रकार सम्मेलनमा हाल कीर्तिपुर नगरभित्रका सकारात्मक एवं नकारात्मक परिवेशका घटना र विचारका सन्दर्भमा पनि चर्चा परिचर्चा गरिएको छ र ती सकारात्मक एवं नकारात्मक परिवेशका घटना र विचारलाई अबका दिनमा कीर्तिपुरकै युवाहरुबाट समाधानका लागि पहल गरिने जानकारी पनि आयोजक संस्थाका पदाधिकारीहरुले दिएका छन् ।

अगष्ट १५ श्रावण ३० गते शनिबार विहान १०ः३० बजे केएनएस किचेन एण्ड ब्यांक्वेटमा हुने कीर्तिपुर सम्मेलनमा कीर्तिपुर नगरका सम्पूर्ण युवावर्गहरुलाई उपस्थितिका लागि आयोजक संस्थाबाट अनुरोध गरेको छ ।

Categorized in उपत्यका