-
२०७४ माघ ११, बिहिबार
टोकियोमा नेवाः फुड फेस्टिभल २०१८ हुने
यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा नेवाः नसा नखः २०१८ नेवाः फुड फेस्टिभल २०१८ भब्य रुपमा सम्पन्न हुने भएको छ । जापानीहरु बीचमा नेवार समुदायको खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा नेवाः फुड फेस्टिभल २०१८ सम्पन्न हुन लागेको हो । जापानीहरुको उल्लेख्य सहभागि हुने भएको...
-
२०७४ माघ ११, बिहिबार
नेपाल सरकारलाई जापानको बत्तीस करोड अनुदान
जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो । गत वर्षको बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित...
-
२०७४ माघ ११, बिहिबार
चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न ः माघ २० गते कार्यक्रम
पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वाेत्कृट प्रतियाेगीका लागि २४ इन्चकाे चेज लिड टेलिभिजन प्रदान गरिनुका...
-
२०७४ माघ ११, बिहिबार
क्यान्सरपीडितलाई मनोसामाजिक परामर्श आवश्यक ः डा. रिसभ कोइराला
काठमाण्डौ/नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डा. रिसभ कोइरालाले क्यान्सरका विरामीहरुको उपचारमा मानसिक स्वास्थ्यको विषय पनि सँगै जोडिएर आउने बताएका छन् । धैर्य क्यान्सर फाउण्डेसनले विहीबार ब्रिटिस गोर्खा कलेज बाँसबारीमा क्यान्सरका विरामीहरुको मानसिक स्वास्थ्यका विषयमा युवाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले क्यान्सरपीडितको उपचारमा सम्बन्धित पक्ष लाग्ने गरे पनि उसको मानसिक...
-
२०७४ माघ ११, बिहिबार
“खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक
काठमाडौ । युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियो सार्वजनिक भएको छ । पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो। सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक...
-
२०७४ माघ १०, बुधबार
आज मुलुकभर वर्षाको प्रभाव
पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको सो वायु मध्य हुँदै अहिले पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ । साँझसम्म यो वायुको प्रभाव कम हुने र बिहीबारदेखि मौसममा सुधार आउने उहाँको भनाइ छ । आज...
-
२०७४ माघ १०, बुधबार
विभिन्न जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर
गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ । मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ । “हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “हिउँ परिरहेको छ । एक...
-
२०७४ माघ १०, बुधबार
भक्तपुरमा पेस्तोल देखाएर लुटपाट
भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् । काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले घटनापछि बिहान ४ः३० बजे खबर आएलगत्तै प्रहरी...
-
२०७४ माघ १०, बुधबार
‘संस्कृत नरहे संस्कृति बच्दैन’ ः शताब्दी पुरुष
–पूर्णप्रसाद मिश्र नेपाली भाषाको नाटकमा रसस्वादन गरिरहेका दर्शक संस्कृत भाषाको नाटकमा पनि त्यत्तिकै मोहित बन्न थालेका छन् । सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक मञ्चित ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक प्रदर्शनका क्रममा दर्शकले जीवन्त संस्कृत भाषाको नाटक हेर्ने मौका पाएका हुन् । श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं –४ का...
-
२०७४ माघ १०, बुधबार
डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा
दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म चल्ने उक्त प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, टिम चौराह...
-
२०७४ माघ १०, बुधबार
अलास्कामा शक्तिशाली भूकम्पपछि खतरनाक सुनामीको चेतावनी
उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्विक विभाग (यूएसजिएस)ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ । अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा उक्त...
-
२०७४ माघ ९, मंगलबार
कामपाको इन्टरनेट राख्ने कार्यमा अन्यौल
काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । काफ्लेले भन्नुभयो “एक स्थानमा इन्टरनेट राख्नका लागि रु ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत...


