STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ माघ ९, बिहिबार

    बुद्धिचालको उपाधि हेटाँैडाका थापालाई

    पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जित्नुभएको छ । ५।५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गर्नुभएको थियो भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आउनुभएको छ । त्यसैगरी प्रतियोगितामा पाँच...

  • २०७६ माघ ९, बिहिबार

    भलिबल क्लब च्याम्पियनसिप एपीएफ र न्यू डायमण्ड फाइनलमा

    सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो । एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू...

  • २०७६ माघ ८, बुधबार

    राष्ट्रिय भलिबल आर्मी सेमिफाइनलमा

    राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । नेपाल भलिबल सङ्घ एनभिए को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेप को कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९...

  • २०७६ माघ ६, सोमबार

    पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

    सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पुलिस क्लबकी रिता...

  • २०७६ माघ ५, आइतबार

    काठेखोला भलिबल प्रतियोगिता हुने

    भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार...

  • २०७६ माघ ५, आइतबार

    फुटबल एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम ९एनआरटी०ले सशस्त्र प्रहरी बल ९एपिएफ० लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे । एनआरटीका खेलाडी आन्द्रे थेरीले...

  • २०७६ माघ ३, शुक्रबार

    मेयरकप सत्यवती र उपमेयर निर्मल माविलाई

    मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ । व्यास नगरपालिकाद्वारा पहिलोपटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो । मेयरकप...

  • २०७६ माघ ३, शुक्रबार

    गणेशमान सिंह स्मृति किक बक्सिङमा विभिन्न तौल समूहमा स्पर्धा हुँदै

    वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो...

  • २०७६ माघ २, बिहिबार

    प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न

    नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा १९औँ माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित यही पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी प्रथम, सत्कार प्रत्येल द्वितीय, प्रमेश मगर र नसिब...

  • २०७६ माघ २, बिहिबार

    ‘ए’ डिभिजन लिग स् सातौँ चरणका खेल शुक्रबारदेखि

    शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शुक्रबारदेखि शुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा जारी उक्त प्रतियोगितामा एन्फाले जारी गरेको सातौँ चरणको खेल तालिकाअनुसार शुक्रबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल अपराह्न ३ः०० बजेपछि शुरु हुनेछ । मछिन्द्र आफ्नो शीर्ष स्थानको अग्रता कायम राख्ने...

  • २०७६ माघ १, बुधबार

    सन्दीपको उत्कृष्ट बलिङ

    नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिनुभएको छ । सन्दीपले तीन ओभर मात्र बलिङ गर्नुभयो । उहाँले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिनुभयो भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिनुभयो । सन्दीपले...

  • २०७६ पौष २९, मंगलबार

    शहीद स्मारक लिग ः मछिन्द्र क्लब शीर्ष स्थानमा

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब १२ अङ्कसहित लिगको दोस्रो स्थानमा छ । मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ । मनाङले छ खेलमा तीनमा जीत तथा तीनमा बराबरी खेलेको छ । उसले १२ अङ्क प्राप्त...

Pages