STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७६ फाल्गुण ६, मंगलबार

    शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान

    अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग इपीएल समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गर्नुभएको थियो । दायाँहाते...

  • २०७६ फाल्गुण ६, मंगलबार

    मध्यपुर युथ असोशिएसनलाई लिनिङ्गको साथ मध्यपुर थिमी,

    शहिद स्मारक बि डिभिजन लिग २०७६ फुटबलमा जित्न लागिपरेका मध्यपुर युथ एसोसिएशनको समुहलाई लि(निङ्गले साथ दिने भएको छ । लि(निङ्ग नेपालले प्रायोजन गर्ने उक्त खेलाडी समुहकालागि करीब ५ लाख बराबरको लि(निङ्ग कम्पनी बाट उत्पादिआवश्यक सहयोग सामग्री मध्यपुर युथ एसोसिएशनका अध्यक्ष उपेन्द्र मान सिहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । सामान हस्तांतरण गर्दै लि(निङ्ग नेपालका अध्यक्ष राजन महर्जनले भने, ूयस...

  • २०७६ फाल्गुण २, शुक्रबार

    आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा

    नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन आइटिएफको जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा अन्तर्राष्ट्रिय टेनिस महासङ्घको समन्वयमा माघ २७ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भइरहेको प्रतियोगिताको बिहीबार भएको महिला एकलतर्फको प्रतिस्पर्धामा कोइरालाले नेपालकै सलोनी तामाङलाई ७–५ र ६–४...

  • २०७६ फाल्गुण १, बिहिबार

    ‘ए’ डिभिजन लिग स् पुलिसद्वारा फ्रेण्ड्स पराजित

    विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन्त श्रेष्ठको...

  • २०७६ माघ २९, बुधबार

    अमेरिकालाई ३५ रनमा समेट्दै नेपालद्वारा विश्व कीर्तिमान

    अमेरिकालाई ३५ रनमा समेटेर नेपालले विश्व कीर्तिमान रचेको छ । एकदिवसीय क्रिकेटमै अमेरिकाले सबैभन्दा कम रन बनाउने क्रममा जिम्बाबेसँग बराबरी गरेको छ । जिम्बाबेले सन् २००४ मा हरारेमा श्रीलङ्का विरुद्धको खेलमा ३५ रन बनाएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ‘लेग स्पिनर’ सन्दीप लामिछाने आफ्नो खेल जीवनकै उत्कृष्ट खेल प्रदर्शन गरेपछि अमेरिकाले लज्जास्पद स्कोर बनाएको हो । सन्दीपले छ विकेट लिए ।...

  • २०७६ माघ २८, मंगलबार

    आइसीसी विश्वकप लिग दुई ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

    आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित भएको थियो । अमेरिकाको पूरै ध्यान ओमानलाई उछिनेर शीर्षस्थानमा उक्लिने रहनेछ । ओमान हालसम्म नौ खेलमा सातमा जित तथा दुईमा हारका साथ १४...

  • २०७६ माघ २७, सोमबार

    मागेको पोशाकले सिकेको कराते , जसले स्वर्णपदक चुम्यो

    साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न शुरु ग¥यौँ ।” तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० को स्वर्ण पदक चुम्दा नवीनले तिनै सङ्घर्षपूर्ण दिनहरु सम्झे । काठमाडौँको बालाजु कराते–डो...

  • २०७६ माघ २६, आइतबार

    साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख

    अखिल नेपाल फुटबल सङ्घ एन्फा ले १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख ५० हजार पुरस्कार दिने भएको छ । एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ ।...

  • २०७६ माघ २४, शुक्रबार

    ढोरपाटन महिला भलिबल डायमन्ड र पुलिस विजयी

    न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू डायमन्डले चितवनलाई ३–० सेटले हराएको हो । सो खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ अङ्कले विजयी भयो । जितसँगै डायमन्ड सात खेलबाट १५ अङ्क जोडेर चौथो स्थानमा छ । यस्तै पुलिसले चितवत टाइगर्सलाई ३–०...

  • २०७६ माघ २३, बिहिबार

    आइसिसी विश्वकप लिग दुई ः अमेरिका र ओमानबीचको खेल आज

    आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो । अमेरिका र ओमानबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ । यसअघि अमेरिकाले आठ खेलमा छ मा जीत निकाल्दै १२ अङ्क जोडिसकेको छ । अमेरिका अङ्क तालिकाको शीर्ष स्थानमा छ । ओमान सात खेलमा पाँचमा जीतसहित १० अङ्क...

  • २०७६ माघ २३, बिहिबार

    महङ्गा भए ब्याडमिन्टन कभर्डहल

    शारीरिक तन्दुरुस्ती र खेलको विकासका लागि बिहानको समयमा ब्याडमिन्टन खेल्नेको सङ्ख्या यस जिल्लामा प्रतिदिन बढ्दै गएको छ । पहिले बिहान हिँडेर ९मर्निङ वाक० शारीरिक अभ्यास गर्नेहरु अहिले ब्याडमिन्टन खेलतर्फ आकर्षिक भएका छन् तर पूर्वाधार अभावले उनीहरुको ब्याडमिन्टन खेल्ने चाहनालाई भने खुम्च्याइदिएको छ । शहरी क्षेत्रमा भएका केही ब्याडमिन्टन कभर्डहल सीमित व्यक्तिको कब्जामा छन् । कभर्डहल प्रवेशमा अत्यधिक...

  • २०७६ माघ २२, बुधबार

    नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

    क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै सिँढीका रूपमा रहेको त्रिकोणात्मक सिरिज आजदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुँदैछ । त्यसैले आजको दिन नेपाली क्रिकेटका लागि ऐतिहासिक हो । नेपालले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्दैछ ।...

Pages