STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० मङ्सिर १२, मंगलबार

    कारागारमा योग शिविर

    काठमाडौँ, १२ मङ्सिर स् आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । उपप्रधानमन्त्री...

  • २०८० मङ्सिर १२, मंगलबार

    लकडाउनले धकेलिएको गायन प्रतियोगिता तीन वर्षपछि सम्पन्न

    राजोपाध्याय समाज भित्रका गायन प्रतिभाको खोजी एवं प्रोत्साहित गर्ने उद्देश्यले राजोपाध्याय समाज भित्रका गायन प्रतिभालाई समेटेर भएको गायन प्रतिस्पर्धामा सक्षम शर्मा राजोपाध्यायले प्रथम पुरस्कार जित्न सफल भएका छन् । राजोपाध्याय समाजको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न प्रतियोगीताको फाइनल राउन्डमा सक्षमले अंकित अमरु श्रेष्ठको ‘लजाएर एक्लै बसेकी किन मायालु’ गीत गाउँदै प्रथम स्थान हासिल गर्न सफल भएका...

  • २०८० मङ्सिर १२, मंगलबार

    पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का...

  • २०८० मङ्सिर १२, मंगलबार

    जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    जाजरकोट -  कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने...

  • २०८० मङ्सिर १२, मंगलबार

    हमास र इजरायलबीच युद्धविराम २ दिन थप

    एजेन्सी-  गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका...

  • २०८० मङ्सिर ११, सोमबार

    प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार युएई जाने

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन् । बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । जलवायु...

  • २०८० मङ्सिर ११, सोमबार

    गौशालाबाट कथित धर्मगुरुसहित १० जना पक्राउ

    काठमाडौँ - गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।  स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।  आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास पक्राउ परेका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको...

  • २०८० मङ्सिर ११, सोमबार

    कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

    काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा सोमबार आयोजित एक कार्यक्रममा सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताएका हुन् । सभापति देउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने स्पष्ट पार्दै भने, 'पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले...

  • २०८० मङ्सिर ११, सोमबार

    वेश्यावृत्ति आरोपमा काठमाडौंबाट स्पा सञ्चालक पक्राउ

    काठमाडौं- रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ । ‘त्यहाँबाट ३ जना...

  • २०८० मङ्सिर ११, सोमबार

    सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

    कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरुले पर्वको रुपमा मनाउने गर्दछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा आज पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय०बाट भगवानका आकृति...

  • २०८० मङ्सिर ११, सोमबार

    कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा

    त्रिवेणी (नवलपरासी) ११ मङ्सिर (रासस) : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने  बताउनुभयो । सभापति देवउवाले संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब...

  • २०८० मङ्सिर ११, सोमबार

    चिसोबाट जाजरकोट भूकम्पपीडितको मृत्यु

    काठमाडौं - भूकम्पले घरमा क्षति पुर्‌याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।”...

Pages