STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वेश्यावृत्ति आरोपमा काठमाडौंबाट स्पा सञ्चालक पक्राउ

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौं- रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ ।

नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । 

ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।

‘त्यहाँबाट ३ जना नाबालिकालाई उद्धार गरेर उनीविरुद्ध अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद लिइएको छ’, उनले भने । पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढ्नेछ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पौडेलले गाउँका युवतीहरूलाई आकर्षित जागिर दिने भन्दै प्रलोभन देखाएर काममा लगाउने गरेका थिए । त्यसक्रममा पुरुषहरूसँग अश्लिल क्रियाकलाप गरेको भिडिओ, फोटो आफूसँग सुरक्षित छ भनेर समेत धम्क्याउने गरेको खुलेको छ ।

Categorized in अपराध-दुर्घटना