STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८१ बैशाख १२, बुधबार

    पत्रकार तथा निर्देेशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण

    चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भई हाल मिर्गौला रोगको उपचाररत छन्। वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित " पिरती ” चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य...

  • २०८१ बैशाख १२, बुधबार

    इलाम निर्वाचन क्षेत्र नं. २ का जनतालाई नेवाः समुदायको अपिल

    इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्दै पहिचानवादी नेवाः समुदायले अपिल सार्वजनिक गरेको छ ।आजः बुधबार बिहान काठमाडौंको नेपाः ब्यांक्वेटमा पहिचानवादी नेवाः समुदायको बैठकबाट उक्त अपिल सार्वजनिक गरेको हो ।नेवाः अभियन्ता विष्णु चित्रकार, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान शाक्य, मचाराजा महर्जन लगायतका अभियन्ताहरुको उपस्थितिमा...

  • २०८१ बैशाख ११, मंगलबार

    मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

    गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जीवितै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।  चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूतिमार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो । उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ । महिलाको पहिचान सबरीन अल–...

  • २०८१ बैशाख ११, मंगलबार

    भिटामिन डीको कमी त भएको छैन ?

    काठमाडौ - व्यस्त जीवनशैली, अफिस वा घरमा कोठाभित्रै बसेर काम गर्ने, घामले डढेर कालो हुन्छु भन्ने डर अथवा वातावरण प्रदूषणका करण मानिसहरू घाममा बस्न डराउँछन्। यस कारण धेरै मानिसहरूमा भिटामिन डी को कमी देखिन थालेको छ। भिटामिन डीलाई सनशाइन भिटामिन’ अथवा घामबाट निःशुल्क पाउने भिटामिन पनि भनिन्छ किनभने घाम भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो। हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा भिटामिन डी...

  • २०८१ बैशाख ११, मंगलबार

    पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने

    काठमाडौं - शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् ।  नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक...

  • २०८१ बैशाख ११, मंगलबार

    नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढ्यो

    काठमाडौँ - चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मा नेपाली सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैेदेशिक व्यापार तथ्उाङ्क अनुसार साउन देखि चैत्र मसान्तसम्ममा सिमेन्ट निर्यात ६०२ प्रतिशतले बढेको देखिएको हो । गत आर्थिक वर्ष २०७९/८० को ९ महिनामा नेपालले जम्मा ४२ करोड ३१ लाख ८९ हजार रुपैयाँ बराबरको ४ लाख ६४ हजार ३२९ टन सिमेन्ट र क्लिंकर निर्यात...

  • २०८१ बैशाख ११, मंगलबार

    नेपाल र कतारबीच यसअघि भएका महत्त्वपूर्ण सम्झौताहरू

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन् । नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालबारे सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत...

  • २०८१ बैशाख ११, मंगलबार

    सहकारी ठगीमा गृहमन्त्री मुछिएपछि चौतर्फी आलोचना

    इलाम - गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गर्ने बताएका छन् ।  इलामको चुलाचुलीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।  उनले भने– ‘सरकारले गृहकार्य गरिरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानून...

  • २०८१ बैशाख ११, मंगलबार

    टिभीमा समाचार पढ्दा पढ्दै पत्रकार नै बेहाेस भएपछि‍‍‍‍‍…

    दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढ्दै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस...

  • २०८१ बैशाख ११, मंगलबार

    कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन्। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष...

  • २०८१ बैशाख ११, मंगलबार

    शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ । अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी...

  • २०८१ बैशाख ११, मंगलबार

    कतारी राजा आउँदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

    काठमाडौं - कतारका राजा आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ।  दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन्।  त्रिभुवन विमानस्थलका अनुसार उनी सवार विमान अवतरणअघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइनेछ।  विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले विशिष्ट अतिथि आगमनको क्रममा यस्तो...

Pages