STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्ने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ११, मंगलबार

काठमाडौं - शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् ।

शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्पत जनाएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । 

हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन् । दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ । 

Categorized in शिक्षा