STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इलाम निर्वाचन क्षेत्र नं. २ का जनतालाई नेवाः समुदायको अपिल

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १२, बुधबार

इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्दै पहिचानवादी नेवाः समुदायले अपिल सार्वजनिक गरेको छ ।
आजः बुधबार बिहान काठमाडौंको नेपाः ब्यांक्वेटमा पहिचानवादी नेवाः समुदायको बैठकबाट उक्त अपिल सार्वजनिक गरेको हो ।
नेवाः अभियन्ता विष्णु चित्रकार, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान शाक्य, मचाराजा महर्जन लगायतका अभियन्ताहरुको उपस्थितिमा उक्त अपिल सार्वजनिक गर्ने निर्णय गरेको हो ।
पहिचानवादी नेवाः पुचःको नामबाट सार्वजनिक भएको उक्त अपिलमा इलाम क्षेत्र नं। २ का नेवाः समुदायदेखि पहिचान पक्षधर आदिवासी जनजाति एवं संघीयता स्वतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी पक्षधर तथा सम्पूर्ण देशभक्त मतदाताहरुलाई इलामको उक्त उपनिर्वाचनमा पहिचान आन्दोलनका योद्धा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई अत्याधिक मतबाट विजयी गराउन अपिल गरिएको छ
उक्त अपिलको पूर्ण पाठ यस्तो छ –
पहिचानवादी नेवाः पुचःको प्रेस अपिल
इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का जनतालाई नेवाः समुदायको अपिल
जनताको आन्दोलनको बलबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको छ । पुरानै खस अहंकारवादी नश्लीय चरित्रको एकल जातीय राज्यको पुनःस्थापनाको चाहना बोकेका विभिन्न दलमा रहेका नेताहरुको षडयन्त्र छलछामका बाबजुद सयौं वर्षदेखि उत्पीडनमा परेका जनताको भावनालाई संविधानको विभिन्न धाराहरुमा उल्लेख गर्न बाध्य पार्न नेपाली जनता सफल भए । संविधानमा नेपाल बहुराष्ट्रिय र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक र क्षेत्रीय विविधतायुक्त देश हो भनी लेखियो । तर संविधानलाई कार्यान्वयन गर्ने सवालमा उत्पीडित नेपाली जनताको पहिचानलाई बारम्बार अपमानित गरियो । प्रदेशको नाममा सोही भूगोलको सभ्यतासँग जोडिएको पहिचानको नामसम्म पनि राख्न निषेध र षडयन्त्रको खेलमा ठूला भनिएका दलहरु लागे । यस कार्यको विरोधमा अन्य प्रदेशहरुमा राजनीतिक दलमा आबद्ध उत्पीडित जनताको समुदायकै सदस्य हुँ भनी दाबी गर्ने राजनीतिक कायकर्ताहरुको आश्वासन र अवरोध बीच पहिचान पक्षधर जनताले ठूलो संगठित विरोध देखाउन सकेन । तर १ नं। प्रदेशको नामाकरणको बेला त्यहाँका पहिचान पक्षधर जनताले देखाएको संगठित प्रतिरोधले नेपालका पहिचान पक्षधर सबैमा नयाँ उत्साह सिर्जना भएको छ । काठमाडौं उपत्यकाका पहिचान पक्षधर नेवाः लगायतका अन्य उत्पीडित समुदायले पनि सो आन्दोलनको समर्थन गरेको सबैमा विदितै छ ।  
यसै सिलिसलामा पहिचानको आन्दोलनको नयाँ भाष्य लेखिन उद्दत प्रदेश नं। १ भूगोलको  इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ मा यही बैशाख १५ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनमा पहिचानवादी आन्दोलनका नेता डकेन्द्र सिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दिएकोलाई संघीयता र उत्पीडित जनताको अधिकारको पक्षमा रहेका पहिचानका पक्षधर नेपाली जनताले उत्सुकतापूर्वक समर्थनको दृष्टिले नियालिरहे झैं काठमाडौं उपत्यकाका पहिचान पक्षधर नेवाः समुदायले पनि विजयको शुभेच्छासहित समर्थन गरिरहेको अपिल गर्न चाहन्छौ । उहाँको विजयले पहिचानको आन्दोलनले नयाँ दिशाबोध गर्ने सुनिश्चित छ ।
तसर्थ इलाम क्षेत्र नं। २ का नेवाः लगायतका पहिचान पक्षधर आदिवासी जनजाति तथा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समाबेशी पक्षधर सम्पूर्ण देशभक्त मतदाताहरुमा यस उपनिर्वाचनमा पहिचान आन्दोलनका योद्धा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई अत्यधिक मतले विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।  
पहिचानवादी नेवाः पुचः

Categorized in राजनीति