STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%85%E0%A4%AA%E0%A4%B0%E0%A4%BE%E0%A4%A7-%E0%A4%A6%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%98%E0%A4%9F%E0%A4%A8%E0%A4%BE

  • २०७४ फाल्गुण १४, सोमबार

    बादलः मिथकीय पात्रदेखि रक्षा–गृहमन्त्रीसम्म

    –रमेश लम्साल काठमाडौँ, १४ फागुन(रासस) ः तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो । संविधानसभाको पहिलो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित थापा पछिल्लो पटक राष्ट्रियसभा सदस्य हुँदै मुलुकको शान्ति...

  • २०७४ फाल्गुण १२, शनिबार

    भक्तपुरमा फागुको बेग्लै चलन

    रमेश गिरी भक्तपुर, “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला” ( भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि) दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा आज बिहान यो गीत गुञ्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लागेको थियो । फागु पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ । फागुपूर्णिमाका अवसरमा तचपालस्थित...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

    काठमाडौँ, मन्त्रिपरिषद््को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रिमाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी प्रधानमन्त्री...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

      लहान,  छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए । रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

    काबुल, अफगानिस्तान,  अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    सिरियामा युद्धविरामको सहमति भएन

    संयुक्त राष्ट्रसंघ, ११ फागुन  ः सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    नेपाल मण्डल पर्यटन महोत्सव हुने

    काठमाडाँ,  नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठान तथा राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा यही फागुन १८ देखि नेपाल मण्डल पर्यटन महोत्सव हुने भएको छ । जामाचो सञ्चार उत्सव तथा नेपाल मण्डल पर्वतमाला साइकल उत्सव नाराका साथ आयोजना हुने सो महोत्सव नेपाल पर्यटन बोर्डमा शुरु हुनेछ । समृद्ध इतिहास बोकेको नेपाल मण्डलको परम्परा तथा संस्कृतिको रक्षा तथा प्रवद्र्धन गर्न उक्त महोत्सव...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकामा सर्वोच्चमा रिट निवेदन दायर

    काठमाडौँ, सर्वोच्च अदालतमा राष्ट्रियसभा सदस्यका लागि पूर्वसरकारबाट सिफारिशमा परेका तीन व्यक्तिले ‘असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको’ भन्दै आज रिट निवेदन दायर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई आज अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    त्रिशूली बचाउन आग्रह

    मलेखु,  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशूली बचाऊ अभियानले नदी र पर्यावरण जोगाउन तथा फियान नेपालले भूमि, वन, जीविकोपार्जन, आवास तथा पुनःनिर्माण विषयमा नागरिकले भोगिरहेका समस्या समाधान गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज उहाँ र स्थानीय मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई स्वागत...

  • २०७४ फाल्गुण १०, बिहिबार

    जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

    भक्तपुर ः अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षेत्रमा दैनिक सडक जाम हुन थालेकाले यो सडक छिटो...

  • २०७४ फाल्गुण १०, बिहिबार

    अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– बान कि मुन

    १० फागुन ः संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्काे विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उहाँले बताउनुभयो । पूर्व महासचिव मुनले भन्नुभयो– राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्काे...

  • २०७४ फाल्गुण १०, बिहिबार

    ट्रम्पको प्रस्ताव ःअमेरिकाका शिक्षकले बन्दुक बोकेर पढाउने !

    १० फागुन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । साथै उनले शिक्षण संस्था वरपरको क्षेत्रमा बन्दुक बोक्न पाउने स्वतन्त्रताको आलोचना पनि गरेका छन् । हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस हुँदै आएको छ । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने...

Pages