STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘११ः५५’को टिजर सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ६, मंगलबार

काठमाडौं - चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरले कथावस्तु खोल्ने प्रयास गरेको छ । लभ, रोमान्स, धोका र बदला टिजरमा देखिन्छ । 

चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । 

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको चलचित्रको कथा लेखेका छन् । 

चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्रलाई कुवेर सिने डिष्ट्रिब्युसन प्रालिले वितरण गर्नेछ ।

Categorized in सिनेमा