STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘नइ उपकार कोष’को स्थापना

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २९, सोमबार

नेपालको वाङमय क्षेत्रमा नीजि क्षेत्रको प्राज्ञिक संस्थाको रुपमा रहेको  नइ प्रकाशनले  आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी गराउनु भएको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । 

साथै ‘नइ उपकार कोष’ मा अार्थिक  बढोत्तरी गर्दै लानका निम्ति नइ प्रकाशनले  दाताहरूसँग आह्वान पनि गरेको छ । ‘नइ उपकार कोष’को अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूको नामावली नइको फेसबुक र वेभसाइटमा राखिनाका साथै हरेक वर्ष ‘नइ अभिलेख’मा समेत प्रकाशित हुने कुरा सदस्यसचिव प्रसाई ले बताउनु भयाे ।

Categorized in साहित्य-कला