STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरिता महर्जन र रञ्जना जाेशीकाे भव्य लायन्स सामाजिक उच्च सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ १४, आइतबार

Lions Clubs International अन्तर्गतका Lions Club of Kathmandu Mahima, Lions Club of Community Peaceful र Lions Club of Shubhatara ले संयुक्त रूपमा समाजसेवा, कला, फोटोग्राफी, खेलकुद तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई एक विशेष समारोहबीच सम्मान गरिएको छ।

साे कार्यक्रममा समाजसेवी गायिका सरिता महर्जन तथा नेपालकी पहिलो महिला स्टुडियो फोटोग्राफर रञ्जना जोशीलाई उहाँहरूको अतुलनीय योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा District Pediatric Cancer Chief गणेश आचार्य प्रमुख अतिथि तथा जोन चेयरम्यान पदमनाथ पराजुली विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

आयोजक तीनवटै क्लबका अध्यक्षहरू डम्बर सुनुवार, भीमरत्न बज्राचार्य र राजेशदास हिमालयले संयुक्त रूपमा सम्मानपत्र तथा सम्मान चिन्ह प्रदान गर्नुभएको थियो।

उक्त समारोहमा सम्मानित महर्जन र जोशीसँगै ७४ बर्षका ज्येष्ठ नागरिक  पण्डित लोकनाथ पौड्याल, सुटिङ खेलाडी शकुन्तला श्रेष्ठ तथा धुर्ब बिक्रम सापकोटा लाई पनि आ–आफ्नो क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो।

आयोजकले यस्ता सम्मान कार्यक्रमले समाजमा सकारात्मक परिवर्तनका लागि निरन्तर योगदान दिँदै आएका व्यक्तित्वहरूको हौसला अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

Categorized in राष्ट्रिय