STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लागुऔषधसहित तीन पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । हराएको मोटरसाइकल धनीलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले काठमाडौँबाट हराएको मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ । कावासोती–२ स्थित प्रहरी टोलीले जाँचको क्रममा लु४४प ८९६७ नंको ३५० सिसीको बुलेट मोटरसाइकल छाडी भागेकाले शङ्का लागी नियन्त्रणमा लिएको थियो । विसं २०७५ माघ १ गते काठमाडौँबाट हराएको भनी महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौँमा निवेदन परेको हुँदा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने श्रीकृष्णराज कँडेलको भएको पुष्टि भएकाले सवारी धनीलाई जिम्मा लगाई पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । मोटरसाइकल चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धानकार्य जारी रहेको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना