STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड ९ढाड०नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो । विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगिए उहाँको ज्यान बच्ने बताएपछि आफन्तको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो । नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडाँै शिक्षण अस्पताल लगियो । अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सुझाव दिए । त्यसपछि जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको उहाँले बताउनुभयो । “चिकित्सकले दुई रड राखेपछि असह्य पीडाका कारण १० दिनसम्म खानासमेत नसकेको मान्छे पछि खानसक्ने मात्र भएँ तर सुधारचाहिँ भएन”, उहाँले भन्नुभयो । त्यसपछि थप उपचारका लागि भैँसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो । भैँसेपाटीमा तीन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचार हुन सकेन । चिकित्सकले अझै अस्पतालमा बसेर उपचार गर्नुपर्ने बताए पनि खर्च अभावका कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमानले बताउनुभयो । काठमाडाँैको महङ्गो बसाइ, औषधि उपचार खर्च धान्न नसक्दा आफ्नो उपचार हुननसकेको उहाँले बताउनुभयो । आठ वर्ष पहिला परिवारमात्रै नभई विपन्न, असहाय छिमेकीको समेत सहारा बन्ने उहाँ अहिले अर्काको सहारामा जीवनमरणको दोसाँधमा हुनुहुन्छ । उहाँका लागि घर बाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ । आठ वर्षदेखि त्यही ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरिरहनुभएको छ । “पहिला बनाएको घर भए पनि ढाड भाँचिएपछि आठ वर्षदेखि घामपानी, हिउँ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरिरहेको छु”, रोकायले भन्नुभयो । उहाँको बिछ्याउनाको तलपट्टि जस्ता बिछ्याइएको छ । त्यसमाथि ओछ्यान राखिएको छ । जस्तालाई प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ । दिसा गर्न मनलाग्यो भने अरुलाई बोलाएर भाँडोमा थापेर फाल्नुपर्छ । न आफैँ खान सक्नुहुन्छ न दिसापिसाबका लागि शौचालयनै जान सक्नुहुन्छ, सबै कुरा श्रीमती र छोरीले गरिदिने गर्नुभएको छ । उहाँका दुई छोरी र एक आठ वर्षीय छोरा छन् । “आफूलाई असह्य पीडा त छँदैछ मेरै कारणले परिवारलाई झन् दुःख भएको छ, मर्न पाए सुख हुन्थ्यो”, उहाँले रुँदै भन्नुभयो । ढाड भाँच्चिएलगत्तै उहाँलाई दाजुभाइले पैसा उठाएर उपचारका लागि काठमाडौँ लगिएको हो तर, खर्च अभावमा उपचार हुन सकेन । उपचारका लागि राजधानीका विभिन्न अस्पतालमा गए पनि आर्थिक अभावका कारण लाखौँ पैसा तिर्न नसक्ने भएकाले उपचार नगरेर फर्किएको उहाँका भाइ विष्णुमान रोकायले बताउनुभयो । “निको हुने आशामा सबै गरेर रु सात लाख खर्च भइसक्यो तर अवस्था उस्तै छ, चिकित्सकले रु २५÷३० लाख भयो भने उपचार हुन्छ भनेका छन् यत्रो पैसा घरखेती बेचेर पनि आउँदैन”, हरिमानले भन्नुभयो, “आफू थला परेदेखि घर खर्चका लागि पनि अरुमा भर पर्नुपरेको बेला लाखौँ कसरी पाउने र उपचार गर्ने यसै कुहिएर मर्नु्बाहेक अरु विकल्प छैन ।”
Categorized in अपराध-दुर्घटना