STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बर्लिन फिल्म फेस्टिबलमा नेपाली फिल्म 'फोर नाइट्स' छनाेट

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १, शनिबार

७२औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली लघु फिल्म 'फोर नाइट्स' छनोटमा परेको छ ।

लघु चलचित्रहरूको मुख्य प्रतिस्पर्धामा संसारभरिबाट छानेका २१ चलचित्रमध्ये दीपक रौनियारले निर्देशन गरेको चलचित्र 'फोर नाइट्स' छनोटमा परेको हो । 

१६ मिनेट अवधिको उक्त फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ । आगामी फेब्रुअरी २० मा हुने उक्त फेस्टिबल विश्वका तीन ठूला फेस्टिबलमध्येको एक हो । 

प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय  जुरीमा इटालीकी प्रसिद्ध फिल्ममेकर रोजा बार्बा, भारतीय फिल्ममेकर पायल कपडिया र जर्मनीका फिल्ममेकर रेनहार्ड वुफ छन् ।

Categorized in सिनेमा