बजारमा ‘अत्यन्त खुशीको खबर’
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २१, बिहिबार
लेखक उत्तम सेढाईंको‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ । समाजमा भएका विकृति–विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् । सो पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गर्नुभयो ।
सो अवसरमा नेता केसीले समाज परिवर्तनका निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण देन रहेको उल्लेख गर्दै लेखक सेढाईंले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो चिन्तन गरेको बताउनुभयो ।
साहित्यकार लक्ष्मण सापकोटाले समाजमा साहित्य लेखनले आम नागरिकको जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेका बताउनुभयो । पुस्तकका लेखक सेढाईंले साहित्य मानिसको आँखा भएकाले यसको माध्यमबाट जनचेतना बढाउने प्रयास गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय


