STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

न्युयोर्कमा दसौंपटक इही कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन ११, आइतबार

अमेरिकाकाे न्युयोर्ककाे ज्याक्शन हाइट भन्ने ठाउँमा    दशौं पटक  सामूहिक इही कार्यक्रम सम्पन्न भएको छ । नेवार परम्परा अनुसार बालिकाहरुमा हुने याे पवित्र संस्कार   ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएसनको भवनमा भव्य रुपमा आयोजना गरी सम्पन्न भएको हाे ।

नेवाः नखः न्यूयोर्कको आयोजनामा नेपाल सम्वत् ११४६, गुँलागा नवमी सेप्टेम्बर ५, २०२६ शनिबारका दिन उक्त सामूहिक इही कार्यक्रम सम्पन्न भएको हो ।

नेवाः गुभाजु समन्त श्री बज्राचार्यले नेवाः परम्परा र विधिअनुसार इही पूजा सम्पन्न गराउनुभएको थियो । पूजामा गुरूमा पुष्पा बज्राचार्य तथा नेवाः नखःका पूर्व अध्यक्ष, सल्लाहकार एवं कार्यक्रम संयोजक महेन्द्रवीर बज्राचार्य र पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुमान प्रधानले जजमान (मुख्य कर्ता) का रूपमा सहयोग गर्नुभएको थियो ।

यस बर्षको सामूहिक इही कार्यक्रममा दुई बालिका तिसा प्रधानाङ्ग र माईरा श्रेष्ठ सहभागी भएका थिए ।

संस्थाका महासचिव सलोनी वन्त श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै सञ्चालन गर्नुभएको उक्त इही कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रुति अमात्यले गर्नु भएको थियो भने द्वितीय उपाध्यक्ष राधिका कुमारी श्रेष्ठले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले सहभागीहरूको परिचय गराउँदै इही संस्कारको महत्वबारे प्रकाश पार्नुभएको थियो । निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नरेशमान शाक्यले नेवाः नखः न्यूयोर्कको स्थापना, उद्देश्य तथा संस्थाका गतिविधिबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रमको अवसरमा अध्यक्ष श्रुति अमात्य र प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले इहीमा सहभागी बालिकाहरूलाई सहभागिता प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।

कार्यक्रमको अतिथि स्वागत तथा दर्ता कोषाध्यक्ष मेनी श्रेष्ठ छोचूँ र सदस्य नम्रता प्रधानले गर्नुभएको थियो । सह–कोषाध्यक्ष तथा थाय्–भू संयोजक उजिला प्रधान, कार्यसमिति सदस्यहरू मोहिनी कर्माचार्य र अनिता बज्राचार्य तथा सदस्यहरू शोभाना शाक्य, लक्ष्मी शोभा चित्रकार, कमला प्रधान, कान्तेश्वरी डंगोल, रोशनी चित्रकार र कल्याणी श्रेष्ठले इही पूजाका सामग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लसकुस अर्थात् स्वागत गरी इही गर्ने स्थलमा उपस्थित गराउनु भएको थियो । उहाँहरूले उपहार तथा सगुनसहित सहभागी बालिकाहरूका लागि थाय्–भू पनि तयार गर्नुभएको थियो ।

त्यसैगरी, संस्थाका सदस्यहरू दिपक कुमार प्रधान, जीवेन्द्रभक्त प्रधानाङ्ग तथा स्वयंसेवकहरू अभिषेक छोचूँ, मुनिन्द्र बज्राचार्य, साईमन शाक्य, विष्लेक्स मान प्रधान, उज्जन प्रधान, सिद्धार्थ बज्राचार्य र रोहन चित्रकारले अतिथिहरूको सत्कार तथा नेवाः समेबजिको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

यस्तै जस राईले कार्यक्रमको फोटोग्राफी गरी सहयोग गर्नुभएको थियो भने कार्यक्रमको समापनमा अध्यक्ष श्रुति अमात्यले उपस्थित बालबालिका, अभिभावक, गुभाजु, गुरूमा, अतिथि, संस्थाका सम्पूर्ण सदस्य, सल्लाहकार तथा सहयोगी एवं स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले इहीमा सहभागी बालिकाहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

अध्यक्ष अमात्यले अमेरिकामा रहेर पनि नेवाः समुदायको महत्वपूर्ण संस्कारलाई संस्थागत रूपमा निरन्तरता दिन पाउनु गौरवको विषय भएको बताउँदै अमेरिकामा जन्मे–हुर्केका नयाँ पुस्तालाई नेवाः भाषा, संस्कृति, संस्कार र परम्पराबारे सिकाउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेवाः नखः न्यूयोर्क नेवाः भाषा, संस्कार, परम्परा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको नेवाः संस्था हो । संस्थाले स्थापनाकालदेखि नै नेवाः समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनका साथै समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

Categorized in राष्ट्रिय