STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

धुलिखेल अस्पतालमा मृत्यु हुने सुत्केरी कोरोना संक्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सुत्केरी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मृत्यु भएपछि कोरोना संक्रमणको आशंकामा उनको पिसिआर परीक्षण गरिएको थियो । अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ । परीक्षणका नतिजा अपराह्नसम्ममा आउने जनाइएको छ । नेपालमै यो पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि ती महिलालाई धुलिखेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । सुत्केरीलाई बचाउन नसकिएपछि परिवारले बताएका लक्षणहरु नोबल कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै आरडिटी हुँदा पोजिटिभ आएको थियो । त्यसपछिको आरटी पिसिआरमा समेत पोजिटिभ देखिएपछि बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ । यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ । सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षिया मृतक महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो ।
Categorized in राष्ट्रिय