relans
ni new 83
nib 2082 5

फुटबल टोली कतार जाने

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ५, मंगलबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि यु–२३  को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन् । नेपालमा आयोजना हुने १३औंँ दक्षिण एशियाली खेलकूद साग को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल यही कात्तिक ८ गते हुनेछ । नेपाली टोली आज बेलुका ९ः४० बजे दोहा प्रस्थान गर्नेछ । उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का कार्यबाहक अध्यक्ष पङ्कज नेम्बाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।
Categorized in खेलकुद
ppp 2