relans
ni new 83
nib 2082 5

रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार

दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताउनुभयो । उहाँले भन्नुभयो, “माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ।” यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताउनुभयो । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुनेभएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ, अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताउनुभयो ।
Categorized in उपत्यका
ppp 2