relans
ni new 83
nib 2082 5

शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२।६१ बिन्दुले घटेर एक हजार १७८।४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।७७ बिन्दुले घटेर २५७।१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो । स्टकका अनुसार कारोवार भएक कूल ११ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ १०।९६, होटल ९।२२, विकास बैंक १५।८२, जलविद्युत् १२।९२, वित्त ०।२९, निर्जीवन बीमा १०२।२९, उत्पादन १२।५९, अन्य ७।१५, लघुवित्त ७।५, जीवन बीमा ८५।४४ र सामूहिक लगानी कोष ०।०४ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा पुगेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक रु एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक रु ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट रु ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९।९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५।२६, राधी विद्युत् कम्पनी ४।४४, सानिमा इक्विटी फण्ड २।९८, गुडविल फाइनान्स २।२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १।९४ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ८।४९, युनिभर्सल पावर कम्पनी ८।२३, सिन्धु विकास बैंक ७।४०, नेशनल लाइफ इन्सुरेन्स ६।८१, र युनियन हाइड्रोपावरका लगानीकर्ताले पाँच प्रतिशतले गुमाए ।
Categorized in बिजनेस
ppp 2