STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

एक लाखको राष्ट्रिय पुरस्कार

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १, बुधबार

मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ । पथरी शनिश्चरे नगरपालिका–३ स्थित सो समूह देशभरिकै दुई हजार २०० सामुदायिक वन समूहबाट छनोट भई उत्कृष्ट हुन पुगेको डिभिज वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ ९गोविन्दपुर टुकियाखाडी०का निजी वन धनी नीलबहादुर चौहान ९सालबाजे० ले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कारको राशि रु ७५ हजार र प्रमाणपत्र रहेको छ । उहाँले २३ वर्षअघिदेखि साल प्रजातिका बीउ रोपण गरेर निजी वन हुर्काउन सफल हुनुभएको छ । गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मङ्गलबारे सवडिभिजन कार्यालय मोरङका कार्यरत कर्मचारी टङ्कबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गर्नुभएको छ । पुरस्कारको राशि रु ७५ हजार र प्रमाणपत्र रहेको छ । यसैगरी, अतिरिक्त कार्यालयको सम्पूर्ण क्रियाकलापको समग्र मूल्याङ्कन गर्दै डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई पनि सम्मान गरिएको छ । वन तथा भू–संरक्षण विभागद्वारा आयोजित गणेशमान सिंह राष्ट्रिय वन पुरस्कार वितरण कार्यक्रममा मोरङका सो संस्था र वनधनीले सो पुरस्कार प्राप्त गरेको डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरले जानकारी दिनुभयो । राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कारबाट पुरस्कृत हुने हरियाली सामुदायिक वन उमूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको वनको क्षेत्रफल २४५।९४ हेक्टर जग्गाको वन विसं २०७१ पुस महीनामा हस्तान्तरण भएर लगातार वनको हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी दिँदै पुरस्कार पाएकामा निकै खुशी लागेको प्रतिक्रिया दिनुभयो । मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छ ।
Categorized in राष्ट्रिय