क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् ।प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।घटनास्थलमै १९ जनाको मृत्यु भएको र अरु तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता अगस्टाइन आवा फोन्काले बताउनुभयो ।प्रहरीले कतिपय घाइेतेको अवस्था निकै नाजुक रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएको छ ।