विद्यालय बाहिर बालबालिकामुक्त घोषित
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार
सिञ्जा गाउँपालिका वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त घोषणा गरिएको छ । किर्डाक नेपाल जुम्ला र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा मालिका माविलाई सोमबार बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमबहादुर शाहीले जानकारी दिनुभयो ।
बालबालिकामुक्त समुदाय घोषणा गर्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले सिङ्गो जिल्लालाई सिञ्जा गाउँपालिकाले नयाँ सन्देश दिएको बताउनुभयो । उहाँले विद्यालयमा बालमैत्री शौचालय र पूर्वाधारको राम्रो व्यवस्था हुन आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा पनि जोड दिनुभयो ।
Categorized in राष्ट्रिय