STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाजपा कार्यकर्ताको हत्या

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

भारतीय जनता पार्टी भाजपा का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । हत्या हुनेमा ३६ बर्षका चन्दन साउ रहेको बताइएको छ । उहाँमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो । घटनास्थल पश्चिम बङ्गाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ । गोली लागेका साउलाई तत्कालै अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ ।
Categorized in अन्तर्राष्ट्रिय