STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३, शुक्रबार

ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ । यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३।३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७।६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५१० परकम्प गएको केन्द्रले जनाएको छ ।
Categorized in राष्ट्रिय