STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

प्रजातान्त्रिक योद्धा यादवको निधन

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

बर्दिवास, महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध रहनुभएको थियो । यादव १५  १६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गर्नुभएको छ । यादव पञ्चायतकालमा पटक–पटक जेल पर्नुभएको थियो । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।
Categorized in राष्ट्रिय