relans
ni new 83
nib 2082 5

कीराको प्रकोपले किसान चिन्तित

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुँदै गएको बर्दियामा गरिएको केराखेतीमा कोत्रे र गबारो कीराको प्रकोप देखिएको छ । कीराको प्रकोपका कारण केरा किसान चिन्तित भएका छन् । केरामा हरेक वर्षझै यस वर्ष पनि उक्त कीराको प्रकोप देखिएपछि उनीहरू चिन्तित बनेका हुन् । यसवर्ष केरामा कोत्रे, गवारो, ढुसी, जुकालगायत कीरा लागेकाले यसको नियन्त्रण चुनौतीपूर्ण भएको बर्दिया केरा उत्पादक सङ्घका अध्यक्ष टोपलाल विश्वकर्माले बताउनुभयो । “कोसा लाग्न लागेको बोटमा विभिन्न रोग कीरा देखिएका छन्”, विश्वकर्माले भन्नुभयो, “यसवर्ष उत्पादनमा ठूलो ह्रास आउने भएको छ । विशेषगरी मालभोग जातको केरामा कोत्रे र गबारो कीराको समस्या बढी देखिएको छ ।” जिल्लाका मधुवन, राजापुर, गुलरिया, बारबर्दिया क्षेत्रमा लगाइएको केरामा रोगकीरा लागेको किसानले बताएका छन् । यही समस्या कारण आफूले अघिल्लो वर्षको तुलनामा यो वर्ष आधाभन्दा कम क्षेत्रफलमा केरा खेती गरिएको गुलरियाका किसान कृृृष्णबहारदुर भण्डारीले बताउनुभयो । “अघिल्लो वर्ष १००० बोटा केरा लगाएको थिएँ”, उहाँले भन्नुभयोे, “रोगले अधिकांश बोट सखाप भए, अहिले ४०० मात्र लगाएको छु ।” केराको बोट परीक्षण नगरी ल्याउनु, एउटै जग्गामा नियमित केरा लगाउनु, माटो परीक्षण नगर्नु, अनावश्यक रूपमा विषादी तथा रासायनिक मल प्रयोग गर्नुलगायत कारण रोगकीराको प्रकोप देखिएको उहाँको भनाइ छ । बर्दियामा गत वर्ष रु एक करोड ५० लाख बराबरको केरा उत्पादन भएको र त्यसमध्ये एउटै गाउँमा मात्र केरा बिक्री गरेर रु ८५ लाख भत्रिएको किसानले बताएका छन् । जिल्लाका ५०० भन्दा बढी किसानले व्यावसायिक केराखेती गर्दै आएका छन् ।
Categorized in राष्ट्रिय
ppp 2