‘सुनबुकी फूल’मा पल शाह र सनिषा भट्टराईकाे जोडी
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर ९, मंगलबार
म्युजिक भिडियोका स्थापित निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको सुनबुकि फुल बाेलकाे गीतको म्युजिक भिडियोमम लोकप्रिय अभिनेता पल शाह तथा उदियमान अभिनेत्री सनिशा भट्टराईको अभिनय रहेको छ भने म्युजिक भिडियो सार्वजनिक भएको छ । गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सोमवार दिउँसो दर्शकमाझ ल्याइएको हो ।
यो कर्णप्रिय गीतमा गायिका मिलन नेवार तथा गायक मार्मिक लामाको स्वर रहेको छ । गीतका शब्दहरु राजनराज शिवाकोटी तथा गोविन्द भट्टले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीकाे रहेको छ । गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् । गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् ।
भिडियोमा पल शाह तथा सनिशा भट्टराईकाे साथमा कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ ।
भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ । भिडियोमा दर्शकका प्रिय अभिनेता पल तथा अभिनेत्री सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक देखाइएको छ । गीतको दृश्यमा नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन देख्न सकिन्छ ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन् । सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ । मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी तथा आर्टमा जट्टा शंकरले काम गरेका छन् ।
त्यस्तै, भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन् । प्रोडक्सन म्यानेजर विनोद पौडेल, स्टिल्स लक्ष्मण पाण्डे, ग्रुप लिडर हरि अधिकारी तथा प्रोडक्सन हेड राम तिमिल्सिना रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो ।
गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो । निर्माण पक्षले गीत तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रहसमेत गरेको छ ।
https://youtu.be/9xPzbFZFJmU?si=5P1jR46f-3FiJY58
Categorized in साहित्य-कला

