STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितिरहेकाे जय लाखे ले रसुवा बाढी पिडितकालागि आर्थिक सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १५, बिहिबार

नेपालभाषामा निर्माण  गरिएको  एनिमेशन फिल्म  " जय लाखे " ले एकपछि अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भईरहेकाे छ । एथेन्स ईन्टरनेशनल मन्थलि आर्ट फिल्म फेस्टिभल , स्टकहाेम सिटी फिल्म फेस्टिभल, लुलिया ईन्टरनेशनल फिल्म फेस्टिभल, कन्सेपसन ईन्डिपिडेन्ट फिल्म अवार्ड लगायत एक दर्जन भन्दा बढी  अन्तर्राष्ट्रिय स्तरया अवार्ड अवाार्ड मा  " बेस्ट एनिमेशन अवार्ड " र " "जुरी मेन्सन " जित्न सफल  जय लाखे फिल्मले अहिले बेलायत  युकेमा सम्पन्न  नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महाेत्सव र  भारतमा सम्पन्न जम्मु  फिल्म फेस्टिभलमा  बेस्ट एनिमेशन फिल्म अवार्ड जित्न सफल   भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा  यसरी एकपछि  अवार्ड जित्न सफल  याे पहिलो  नेवाः फिल्म हाे भने नेपालकाे पनि यस किसिमको पहिलो  सफलता हुन सक्ने कुरा याे  फिल्मका निर्देशक संयुक्त श्रेष्ठकाे दाबी रहेको छ । आठ वर्ष लगाएर निर्माण गरिएको  जय लाखे फिल्म शताब्दी पुरुष सत्यमोहन जाेशीले नाट्य कृतिमा   आधारित फिल्म  हाे । 

 केही दिन अगाडि याे  फिल्म काठमाडौंमा  रन्जना हलमा प्रदर्शन गर्दा उठेको  रकम र थप रकम समेत गरी जम्मा  २ लाख  ५५ हजार रकम  नेपालकाे रसुवा लगायत  विभिन्न स्थान मा  प्राकृतिक प्रकाेपमा परेका हरुकाे    उद्दार र राहतका निम्ति   नेपाल सरकारकाे प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषमा सहयोग स्वरूप प्रदान  गरेको  निर्देशक संयुक्त श्रेष्ठले जानकारी  गराएका छन् 

Categorized in राष्ट्रिय