STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उद्यमि भवानी राणाकाे शिव ताण्डव भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन ५, सोमबार

प्रसिद्ध  उद्योगपति एवं  उद्याेग वाणिज्य संघका पूर्व  अध्यक्ष भवानी  राणाकाे प्रयासमा निर्माण गरिएको   शिव ताण्डव म्युजिक भिडियो आइतबार पाटन म्युजियम परिसरमा आयाेजित कार्यक्रममा  सार्वजनिक गरिएको छ ।

भवानी  राणा र सरस्वती खत्रीकाे स्वर रहेकाे  याे गीतलाई  सुरसुधा सुरेन्द्रले संगीत संयाेजन गर्नु भयो ।

याे भिडियोकाे परिकल्पना पनि भवानी  राणाले गर्नु भएको छ भने

 निर्देशन विकास सुबेदी , एआई र सम्पादन शिलन लम्सालले  गर्नु भएको छ भने भिडियो लाइक हब नेपाल निर्माण गरेको हाे ।

शिव ताण्डव सार्वजनिक कार्यक्रममा  भारतीय राजदूत महामहिम नविन श्रीवास्तव प्रमुख अतिथी र  ललितपुरका  मेयर चिरिबाबु महर्जन , उद्योगपति उपेन्द्र महताे र कलाकार श्वेता खड्का विशेष अतिथिका रुपमा रहनु भएको थियोे ।

भवानी  राणाकाे  सभापतित्वमा सम्पन्न साे कार्यक्रममा स्रष्टा   राणाले स्वागत मन्तव्य राख्नु भएको थियोे  ।

कार्यक्रममा  प्रमख अतिथि   राजदूत श्रीवास्तवले  शिव ताण्डव  गीत व म्युजिक भिडियो मात्र नभई नेपाल र भारत दुई देशको धार्मिक आस्थाको विषय हाे भनि भन्नू भयाे भने कार्यक्रममा     , विशेष अतिथि हरुले पनि मन्तव्य राख्नु भयाे र गायिकङ सरस्वती खत्रीले धन्यवाद ज्ञापन गर्नु भयो  ।

Categorized in साहित्य-कला