आमा" काे ६२ वर्ष पछि चैत्य देवी र बसुन्धरा भुसाल " झिंगेदाउ २" मा एकसाथ देखिने
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण २१, बिहिबार
मुना मदन लगायत धेरै सफल चलचित्र निर्देशन गरीसकेका ज्ञानेन्द्र देउजाले संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को टिजर बुधबार सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै २ मिनेट लम्बाइको टिजर दर्शकमाझ ल्याएको हो । टिजरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्तमा प्रकाश पारेको छ ।
टिजरको सुरुवात हिउँवाला गौतमबाट हुन्छ, जो दुःखी हुँदै मध्यरातमा घर छाडेर जाँदै गरेकी देखिन्छिन् । त्यसपछि जेठानी र देउरानीको भूमिकामा रहेका केकी अधिकारी र आँचल शर्माबीचको झगडा र एउटा रुखलाई लिएर उत्पन्न विवादपछि आमाको खोजी भइरहेको टिजरमा देखाइएको छ । समग्रमा टिजरले पारिवारिक कथावस्तुको झलक प्रस्तुत गरेको छ भने पहिलो नेपाली चलचित्र " आमा " मा संगै
काम गरेका अभिनेत्री द्वय बसुन्धरा भुसाल र चैत्यदेवी सिंह ले ६२ वर्षपछि याे" झिंगेदाउ २" फिल्ममा एकसाथ काम गरेका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसीका साथमा आर्यन सिग्देलकाे आकर्षक भुमिका लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।
Categorized in सिनेमा

