STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ श्रावण १७, आइतबार

नेपालभाषाकाे वाङ्गमय क्षेत्रमा  चार सयभन्दा बढी पुस्तक प्रकाशन गरेर अतुलनीय याेगदान गरिसकेको संस्था   कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेकाे छ । ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएकाे लुँध्वाखा पत्रिकामा लघु कथा उपलब्ध गराएका १७२ कथा मध्ये उत्कृष्ट तीन जना स्रष्टाहरू नगदसहित पुरस्कृत भएका हुन् । नेपाली र नेपालभाषामा साहित्य रचना गर्दैआएका लघुकथाकार दिव्य गिरि ५५ हजार नगदसहित पहिलाे, दिव्या ताम्राकार ३५ हजार नगदसहित द्वितीय र मनदेवी ताम्राकार २५ हजार नगदसहित तेस्राे भएका छन् । समाजसेवी कृष्णलाल प्रधानका आमाबुवा कृष्णमाया तथा हर्षलालकाे स्मरणमा दुई वर्ष अन्तरालमा एकपटक स्रष्टाहरूलाई पुरस्कार दिंदैआएकाे आयाेजक संस्थाका विमल ताम्राकारले जनाए ।

नेपालभाषा एकेडमीका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकार र समालोचक पूर्ण ताम्राकारले लघुकथा प्रतियोगितामा सहभागी स्रष्टाहरूलाई पुरस्कारको लागि छनाेट गरेका थिए ।

कार्यक्रममा आधुनिक कवि डा. याेगेन्द्र प्रधानले नेपालभाषाकाे साहित्य क्षेत्र उदार भएकोले गैर-नेपालभाषामा रचना गरिएको लघुकथालाई समेत पुरस्कारकाे भागिदार बनाएकाे बताए । भाषिक आदानप्रदानलाई निरन्तरता दिंदै नेपालका विभिन्न विधाका फरक भाषामा रचना गरिएको साहित्य श्रीवृद्धि, विकास तथा सदृढ बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेवाः अमेरिकन दबूका संस्थापक अध्यक्ष मनाेरञ्जन नारायण धाैभडेललाई संस्थाकाे संरक्षक सदस्य नियुक्त गरिएको थियाे ।

कार्यक्रममा संस्कृतिविद् डा. चुन्दा बज्राचार्य, आधुनिक कवि डा. याेगेन्द्र प्रधान, प्राज्ञ अगिब बनेपाली, आशा सफू गुठीका अध्यक्ष शरद कसाः, विष्णुकेशरी ताम्राकार, नेपाल साहित्य मन्दिरका अध्यक्ष माणिक बाबु ग्वंगः, लघु कथा केन्द्रकी लता केसी, न्ह्यज्या खलःका कृष्णमाेहन जाेशी, विमल भाैकाजी लगायतको सहभागिता थियाे ।

Categorized in राष्ट्रिय