STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किरात राई चलचित्रकर्मी सङ्घले दिए तालिम

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ ११, सोमबार

चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा किरात राई चलचित्रकर्मी सङ्घ को आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्र सङ्घसंस्थाहरूको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ७ दिने चलचित्र लेखन तथा निर्देशन कार्यशाला आइतबाार काठमाडौंमा सम्पन्न भएको छ।

कार्यशालामा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा नवीन सुब्बा, महेश त्रिपाठी, वेदना राई, पशुपति राई, किरण राई तथा पुकारमनी राई ले प्रशिक्षण दिनुभएको थियो।

काठमाडौंको बुढानीलकण्ठ–१०, कपन मिलनचोकमा आयोजना गरिएको उक्त कार्यशालामा चलचित्र लेखन, निर्देशन, कथा विकास तथा फिल्म निर्माणसम्बन्धी विविध विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ।

कार्यशालाले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै मातृभाषी चलचित्रको संरक्षण, प्रवर्द्धन र व्यावसायिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Categorized in सिनेमा