STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम शुरु

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १०, आइतबार

चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः युवा लच्छित पाँचदिने चलचित्र छायाङ्कन तालिम तथा कार्यशाला गोष्ठी सुरु भएको छ।

२०८३ जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त तालिम तथा कार्यशाला गोष्ठी केलटाेल जनबहाल–२५, मछिन्द्र क्लब, काठमाडौंमा आयोजना गरिएको हो।

नेवाः युवाहरुमा   नेपाली चलचित्र क्षेत्रकाे छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टि र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नयाँ तथा सक्रिय चलचित्रकर्मीहरूलाई उपयोगी मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्डले नेपाली चलचित्रको गुणस्तर विकास, दक्ष जनशक्ति निर्माण र प्राविधिक पक्षको सुदृढीकरणका लागि यस्ता तालिम तथा कार्यशालालाई निरन्तर रूपमा प्रोत्साहन गर्दै आएको छ।

साे  कार्यक्रममावरिष्ठ दृश्य सम्पादक माणिक उराय् र वरिष्ठ निर्देशक प्रकाश सायमिले यस किसिमको कार्यशालाबाट आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरी नेवाः चलचित्र क्षेत्रको उत्थानमा टेवा दिन आग्रह गरे ।

सोसाइटीका निवर्तमान अध्यक्ष बिराजकाजी राजोपाध्यायले नेवाःसाथै समग्र मातृभाषी चलचित्र क्षेत्रमा नीतिगत तहमा भोग्दै आएको समस्याको चर्चा गर्दै मूलधार भनिएको व्यावसायिक चलचित्रको बजार र मातृभाषी चलचित्रको बजारलाई एउटै दृष्टिकोणले हेर्न नमिल्ने विचार राखे ।

सोसाइटीका अध्यक्ष लुःजः सिंहले सोसाइटीले यहि असार भित्रै चलचित्रमा संचार क्षमता विकास तालीम, छायाङ्कनको बृहत तालीम, उद्घोषण तालीमको आयोजना गर्न लागेको जानकारी दिए ।

सोही कार्यक्रममा सोसाइटीका आजीवन र साधारण सदस्यहरुले परिचय पत्र वितरण गरिएको थियो । साथै संस्थाका सल्लाहकारत्रय नीर शाह, माणिक उराय् र प्रकाश सायमिलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

आउँदो मंगलवारसम्म हुने कार्यशालामा सिनेमाटोग्राफरत्रय दिपक बज्राचार्य, लुःजः सिंह, गौतम श्रेष्ठ, फोटोग्राफर अमरेन्द्र श्रेष्ठ र निर्देशक योवन शाक्यले प्रशिक्षण दिने लागेका छन् ।

Categorized in सिनेमा