STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २१, शनिबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयाेजना गरेको  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ । 

सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । 

तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । 

सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन फिल्महरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै फिल्म भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् । 

गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ । 

फिल्म ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’को निर्देशक ज्याक मालाटेरे हुन् । यस फिल्मले शैक्षिक मुद्दा उठान गरेको छ । 

सियाओ सियाओवाईको निर्देशनमा बनेको फिल्म ‘सनराइज ओभर द प्लेटो’ले साधारण परिवारहरूको शिक्षा,  अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ । 

यस पानारोमा अन्तर्गत आइतबार फिल्महरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ । 

निफअन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रम हो ।

निफमा शनिबार प्रतिस्पर्धामा रहेका फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए । 

पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो । जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए ।

Categorized in सिनेमा